नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

  • Nirmala Karki
  • शनिबार, कार्तिक ८, २०७७
बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको छ ।

आज पनि छापवाल सुन प्रतितोला २०० रूपैयाँले बढेर ९५ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापवाल सुन ९५ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर १२३० मा कारोबार भइरहेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका