नेपाली खोज
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

  • Nirmala Karki
  • शुक्रबार, कार्तिक ७, २०७७
वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

वाग्मती, ७ कात्तिकः कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी लगिएको छ ।

मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौँडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौँ लगिएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका