नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • ५ रुपैयाँमा खाना बेच्ने कुमार राईले पहिलोपटक खेले कोपा र चिबेको हास्नु हुन्न है (भिडियो सहित)

५ रुपैयाँमा खाना बेच्ने कुमार राईले पहिलोपटक खेले कोपा र चिबेको हास्नु हुन्न है (भिडियो सहित)

  • Nirmala Karki
  • शुक्रबार, कार्तिक ७, २०७७

हास्य टेलिश्रृङखला “हास्नु हुन्न है” को दशै बिशेष भाग सुपर अनलाइन टिभी मार्फत भर्खरै सार्बजनिक गरिएको छ । दशै विशेष भागदेखि दोबाटे छाडेर प्राय सबै कलाकारहरु हास्नु हुन्न है मा आएका छन । दोबाटेमा प्राय कलाकारहरु टिकेको देखिदैन । यो भागमा ५ रुपैयाँमा खाना बेचेर चर्चामा आएका समाजसेवी कुमार राईले पनि पहिलोपटक सिरियल हास्नु हुन्न है मा सबै चकित पार्ने अभिनय गरेर देखाएका छन । विभिन्न सिरियलमा अभिनय गरिसकेका कलाकार समीर सुवेदी (चिबे बूढो) अनि आइन्द्र लिम्बू (कोपा) ले लेखेको अनि निर्देशन गरेको सिरियलमा पहिलोपटक कुमार राई र योबन गुरुङले अचम्मको अभिनय गरेका छन । यो देखेर सबै छक्क परेका छन ।

पुर्ब झापामा सुटिङ हुने गाउले परिवेशमा तयार गरिएको हास्नु हुन्न है हेर्दा आफ्नै गाउँ घरकै कथा पाइन्छ अनि छुट्टै आनन्द आउँछ । यस टेलिसिरियलमा निर्देशक तथा कलाकार आइन्द्र लिम्बू (कोपा) र समीर सुबेदि (चिबे) लगायत ज्योती अधिकारी (मुखाले प्रहरी),कल्पना पान्डे (कालीबुढी), सिला उप्रेती (बोजु),गणेश भट्टराई(कागे),श्याम गिरि संतोष किराती,देब लिम्बू,मन्जु लिम्बू, साथै टिकटकबाट चर्चामा आएकी सल्लु पोख्रेल तथा अन्य धेरै कलाकारको अभिनय देख्न सकिनेछ ।

यस टेलि शृङ्खलामा कलाकार बन्ने सपना बोकेका अनि कला भएर पनि लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने कलाकार तथा निर्देशक आइन्द्र र समिरले बताए । आफुहरु पनि कलाकारीतामा ठूलो सपना बोकेर बिगत दस बर्षदेखि संघर्ष गरिरहेको बताए । दशै स्पेसल यो हप्ताको भाग एघारलाई युटुबमा सुपर अनलाइन टिभि मार्फत सार्बजनिक गरिएको छ ।

दोबाटेबाट निकालीएपछी समीर सुवेदी र आइन्द्र लिम्बुले आफैले हास्नु हुन्न है नामक सिरियल तयार पारेका थिए । दशै बिशेष भागदेखी दोबाटे छाडेर अन्य आधी भन्दा धेरै कलाकारहरु पनि नयाँ सिरियलमा आएका छन । चिबे बुढोले कालीबुढी ल्याउदा सधै छुट्टी मागिरहने मुखाले पुलिसले कोपालाई रामधुलाइ गरेका छन । तलको भिडियो हेर्नुहोला पेट मिचीमिची हसाउने छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका