काठमाडौ । प्रेम र रोमान्सका कारण सदावहार रुपमा चर्चामा आइरहने बलिउड सुन्दरी गायिका हुन् नेहा कक्कर । हिमांश कोहली, आदित्य नारायण झा लगायतका ह्याण्डसम गायकहरुसँग प्रेममा रहेको खबरसँगै लामो समय मिडियामा कभरेज पाएकी यि सुन्दरी गायिकाले अन्तत प्रेमी रोहन प्रीतसँग आज, २४ अक्टोबरमा दिन विवाह गर्नै भएकी छिन् ।
भारतिय मिडियाका अनुसार नेहा बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहा दिल्ली पुगेको बताइएको छ । कोरोना कहरको महामारीमा शतृकता अपनाएर निकै कम आफनत र शुभचिन्तकका बिचमा नेहाले विबाह गर्न लागेको बुझिएको छ । यसअघि उनका पूर्व प्रेमी हिमांश कोहलीले नेहाको विबाहको खबरले आँफु खुशी भएको प्रतिक्रिया दिएका थिए ।