काठमाडौं । नेपालमा बिहिबार थप ३२ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २ हजार ८२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा बिहिबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १५ हजार २५५ थप पीसीआर परीक्षण गरिएकोमा थप ३ हजार ६३७ नमुना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सहित मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।