नेपाली खोज
बिहिबार, माघ ८, २०७७

हालको खबर

  • होमपेज
  • नेपाल तरुण दल संखुवासभाले कैदीलाई खसी उपहार

नेपाल तरुण दल संखुवासभाले कैदीलाई खसी उपहार

  • Nirmala Karki
  • बिहिबार, कार्तिक ६, २०७७
नेपाल तरुण दल संखुवासभाले कैदीलाई खसी उपहार

खाँदबारी, ६ कात्तिकः नेपाल तरुण दल संखुवासभाले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी उपलब्ध गराएको छ । नेपालीको महान् चाड बडादशैँका अवसरमा तरुण दलले १३० कैदीबन्दीका लागि ३० किलो बराबरको खसी उपलब्ध गराएको हो ।

तरुण दल संखुवासभाका जिल्ला अध्यक्ष टकमान घलेले कारागारका जेलर विनोद अधिकारीलाई खसी हस्तान्तरण गर्नुभयो । विभिन्न घटनामा संलग्न भएर कानूनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सम्झिएको तरुण अध्यक्ष घलेले बताउनुभयो ।

खसी उपहार दिन कारागार पुगेका तरुण अध्यक्ष घले, नेपाल पत्रकार महासंघ संखुवासभाका सभापति इन्द्रकुमार गिरीलगायतलाई कैदीबन्दीले आफूले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन् । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका