नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • लमजुङमा खम्बा गाड्ने क्रममा करेण्ट लागेर एक जनाको मृत्यु

लमजुङमा खम्बा गाड्ने क्रममा करेण्ट लागेर एक जनाको मृत्यु

  • Nirmala Karki
  • बिहिबार, कार्तिक ६, २०७७
लमजुङमा  खम्बा गाड्ने क्रममा करेण्ट लागेर एक जनाको मृत्यु

लमजुङ, ६ कात्तिकः यहाँ करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । राइनास नगरपालिका –९ मोहोरियाकोटका २८ वर्षीय रवीन्द्र पराजुलीको खम्बा गाड्ने क्रममा करेण्ट लागेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सोही वडामा सौर्यबत्तीका लागि नयाँ खम्बा गाड्ने क्रममा नाङ्गो तारमा छुन पुग्दा उहाँलाई करेण्ट लागेको थियो । उहाँलाई नगरपालिकाको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लैजाँदा बाटामा नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

शव परीक्षणका लागि बेँसीशहर नगरपालिका –८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ । केही समयपछि परीक्षण गरेर परिवारलाई शव बुझाइने प्रहरीले जनाएको छ । बडादशैँका बेला गाउँले मिलेर चौतारानिर उज्यालो बनाउनका लागि सौर्यबत्ती राख्ने क्रममा करेण्ट लागेर उहाँको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका