नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • बिपी प्रतिष्ठानमा थप सङ्क्रमितको मृत्यु

बिपी प्रतिष्ठानमा थप सङ्क्रमितको मृत्यु

  • Nirmala Karki
  • बिहिबार, कार्तिक ६, २०७७
बिपी प्रतिष्ठानमा थप सङ्क्रमितको मृत्यु

धरान, ६ कात्तिकः यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इनरुवाका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इनरुवा–१ का ८३ वर्षीय पुरुषको आज बिहान २ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उच्च रक्तचाप, मधुमेहलगायत अन्य दीर्घ रोग भएका उनलाई यही कात्तिक ३ गते सङ्क्रमण पुष्टि भई प्रतिष्ठान भर्ना गरिएको थियो । यससँगै प्रतिष्ठानमा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका