नेपाली खोज
बिहिबार, माघ ८, २०७७

हालको खबर

  • होमपेज
  • सङ्खुवासभामा चितुवाको आक्रमणबाट तीन घाइते

सङ्खुवासभामा चितुवाको आक्रमणबाट तीन घाइते

  • Nirmala Karki
  • बिहिबार, कार्तिक ६, २०७७
सङ्खुवासभामा चितुवाको आक्रमणबाट तीन घाइते

किमाथाङ्का, ६ कात्तिकः सङ्खुवासभाको धर्मदेवी नगरपालिका –४ मा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा धर्मदेवी–४ हुम्लिङका ७६ वर्षीय धनबहादुर घिमिरे, २५ वर्षीय गणेश घिमिरे र ४० वर्षीय टंक श्रीपाली छन् । धर्मदेवी–४ का वडाध्यक्ष अनिरुद्रसिंह लिङ्खाका अनुसार आज बिहान ९ बजे हुम्लिङ पसेको चितुवाले गाउँभरिका बाख्रा मार्न थालेपछि स्थानीयवासीले प्रतिकार गरेका थिए ।

प्रतिकार गर्नेक्रममा घाइते भएकामध्ये धनबहादुर र श्रीपालीको अवस्था गम्भीर रहेको वडाध्यक्ष लिङ्खाको भनाइ छ । चितुवाले हुम्लिङमा १३ खसीबाख्रा पनि मारेको छ । श्रीपालीका सात, जसबहादुर लिङ्खाको एक र लीला श्रीपालीका पाँच बाख्रा मारिएको उहाँले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि नगरपालिकाको गाडीमार्फत प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पठाइएको धर्मदेवीका नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका