नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • कक्षा १२ को परीक्षा ९ मंसिरदेखि, कोरोना संक्रमित विद्यार्थीलाई यस्तो व्यवस्था

कक्षा १२ को परीक्षा ९ मंसिरदेखि, कोरोना संक्रमित विद्यार्थीलाई यस्तो व्यवस्था

  • Nirmala Karki
  • बिहिबार, कार्तिक ६, २०७७
कक्षा १२ को परीक्षा ९ मंसिरदेखि, कोरोना संक्रमित विद्यार्थीलाई यस्तो व्यवस्था

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ ।

शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने अध्यक्ष पौडेलले जानकारी दिए । कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ । हेर्नुहोस आज कार्तिक ६ गतेका मुख्य समाचारहरु :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका