नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • बस दुर्घटना काँग्रेस नेतृ रेग्मीको निधन

बस दुर्घटना काँग्रेस नेतृ रेग्मीको निधन

  • Nirmala Karki
  • बिहिबार, कार्तिक ६, २०७७
बस दुर्घटना काँग्रेस नेतृ रेग्मीको निधन

काठमाडौँ । तिब्र गतिको बसले ठक्कर दिँदा कैलालीकी एक महिनाको मृत्यु भएको छ । कैलालीको लम्की–चुहा नगरपालिका वडा नम्बर ९ की ३५ वर्षिया भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बर्दगोरिया गाउँपालीका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोहि दिशा तर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिँदा रेग्मीको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाएकी रेग्मी नेपाली काँग्रेसकी कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषध्यक्ष समेत हुन्। त्यस्तै मोटरसाईकलका चालक लम्कीचुहा नगरपालीका वडा नम्बर ९ प्रतापुरका राम बहादुर चौधरी घाईते भएका छन्। ठक्कर दिने बसका चालक ३६ वर्षीय खकेन्द्र अधिकारी समातिएका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका