नेपाली खोज
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • राजदेवी मन्दिरमा खोइँछ भर्ने विधि शुरू

राजदेवी मन्दिरमा खोइँछ भर्ने विधि शुरू

  • Nirmala Karki
  • बिहिबार, कार्तिक ६, २०७७
राजदेवी मन्दिरमा खोइँछ भर्ने विधि शुरू

जनकपुरधाम ६ कात्तिक: कोरोना जोखिमलाई दृष्टिगत प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक नारीहरूले द्वितीय तिथिदेखि नै देवी दुर्गा भवानीको खोइँछ (पोल्टा) भर्ने विधि गरिरहेका छन् । समान्यतः वडादशैंको अष्टमीका दिन मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै यो विधि चलन छ तर कारोना सङ्क्रमणको जोखिम भएकाले द्वितीय तिथिदेखि नै सो विधि शुरू गरिएको हो ।

नवरात्र शुरूभएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो धान, दुबो, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गर्ने परम्परा छ । प्राध्यापक परमेश्वर कापडीले खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित भएकाले भगवती दुर्गाको सान्निध्यले आनन्द, खुख, आरोग्य र जन्म धन्य हुने विश्वास राख्ने गरेको बताउनुभयो । खोंइछलाई जनभाषामा खोंइछा पनि भनिन्छ ।

खोंइछ दिनुलाई समृद्धि, परिपूर्णता, र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ । यसको सम्बन्ध आँचलसँग हुन्छ । आँचल महिलाका लागि सबैभन्दा ठूलो निधि हो । आँचल यस्तो अमूल्य हो, जसलाई बाँधिएमा खोंइछ र खोलेमा आँचल हुने गरेको छ ।

खौंइछमा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान शिव र विष्णुको प्रतीक मानिन्छ जसको अर्थ ईश्वरको अनुकम्पा सधैं रहिरहने र बैसारलाई विष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिने परम्परागत मान्यता छ ।

मिथिलाञ्चलमा महिलाले माइतबाट ससुराली, ससुरालीबाट माइती वा एक स्थानबाट अर्को स्थान जाने बेलामा पनि खोइछ भर्ने प्रचलन छ । यो विधि कुल देवता र देवीको मन्दिरमा गरिन्छ । कुल देवता र देवीको मन्दिरमा खोंइछ भर्नुको अर्थ कुल देवता र देवीलाई साक्षी राखी सौभाग्यको आराधना र संकल्प गर्नु गर्नु हो ।

खोइँछ भर्ने प्रचलन अनादिकाल देखि आइरहेको मानिन्छ । माता सीता र सावित्रीले पनि खोंइछ भर्ने विधि गरेको जनधारणा पाइन्छ । प्राचीनकालमा छोरीलाई घरबाट विदाइ गर्ने बेलामा आमाले आँचलभर खोंइछ भरी विदा गरेको र छोरीको घरमा अन्नपूर्णाको वास होस् भनी कामना गरेको प्रसङ्ग पनि जनमानसमा पाइन्छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका