काठमाडौँ । गायक शिव परियार र निरुषा भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘छलक छलक छल्क्यो माया’को भिडियो सार्वजनिक भएको छ । दिपक सिलवालको शब्द तथा संगीतमा तयार भएको गीतमा नायक पल शाह, नायिका बर्षा राउत र अभिनेता शिशिर भण्डारीको अभिनय देख्न सकिन्छ । गम्भीर बिष्टले निर्देशन गरेको भिडियोमा एक्शन सहितको रोमान्टिक, डान्सिंग प्रेमकथा देख्न सकिन्छ । म्यूजिक भिडियोमा एक्शन राख्नु नौलो प्रचलन हो ।
भिडियो निर्देशक बिष्टले चलचित्र हेरेको जस्तै महशुस गराउने आफ्नो प्रयास रहेको बताए । भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया आएको जानकारी दिँदै रचनाकार सिलवालले भने गीतले शिव र निरुषाजीलाई नै सुहाउने गीत नै मैले बनाउने कोशिस गरिरहेको थिएँ । निरुषाजीले पनि मसँग काम गर्ने इच्छा राख्नुभएको थियो । त्यहि अनुसार नै मैले गीत बानएको हुँ’ । भिडियोमा संजय थापा र सुक्रराज शाहको एक्शन निर्देशन रहेको छ । नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ ।