नेपाली खोज
मङ्लबार, माघ १३, २०७७
  • होमपेज
  • हङकङको विमान कम्पनी क्याथी प्यासिफिकद्वारा ८ हजार ५०० रोजगारी कटौती

हङकङको विमान कम्पनी क्याथी प्यासिफिकद्वारा ८ हजार ५०० रोजगारी कटौती

  • Nirmala Karki
  • बुधबार, कार्तिक ५, २०७७
हङकङको विमान कम्पनी क्याथी प्यासिफिकद्वारा ८ हजार ५०० रोजगारी कटौती

हङकङ, ५ कात्तिक: हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार ५०० रोजगारी कटौती गर्न लागिएको जनाएको छ । कोरोनाभाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।

रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरु मध्ये पाँच हजार तीन सय जना हङ्कङमै रहेर काम गर्नेहरु परेका छन् । त्यस बाहेक अरु छ सय जना अन्य ठाउँमा रहेका कर्मचारीहरुलाई कटौती गर्न लागिएको कम्पनीको भनाई छ । अरु दुई हजार छ सय पद भने पहिलेदेखि नै खाली रहेको थियो । कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । (रासस-एपी)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका