नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • श्रीमान्- श्रीमती बन्दै पल र साम्राज्ञी

श्रीमान्- श्रीमती बन्दै पल र साम्राज्ञी

  • Nirmala Karki
  • बुधबार, कार्तिक ५, २०७७
श्रीमान्- श्रीमती बन्दै पल र साम्राज्ञी

काठमाडौं- फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

फिल्ममा पल र साम्राज्ञीका अलावा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाको पनि अभिनय रहनेछ । फिल्मको यसै वर्षबाट छायांकन सुरु गरिनेछ । फिल्मको अधिकांश छायांकन अमेरिकामा गरिँदैछ । यसका लागि कलाकारको भिसा प्रक्रियाको तयारी भइरहेको बताइएको छ ।

फिल्मले अमेरिकामा संघर्ष गरिरहेको एक टिनएज विवाहित जोडीको कथा पेश गर्ने बताइएको छ । प्रेमकथामा आधारित भएर निर्माण हुने फिल्मको एक गीत मुम्बईमा रेकर्ड गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए । पासाङ लामा र आर्यन पौडेलले फिल्मको निर्माण गर्नेछन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका