नेपाली खोज
शुक्रबार, माघ २, २०७७
  • होमपेज
  • पोखरीमा दुई बालिकाको शव फेला

पोखरीमा दुई बालिकाको शव फेला

  • Nirmala Karki
  • मङ्लबार, कार्तिक ४, २०७७
पोखरीमा दुई बालिकाको शव फेला

धनुषा, ४ कात्तिक । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार साँझ भेटिएका हुन् ।

शनिबार दिउँसो आङ्गनमा खेल्दाखेल्दै हराएकी दुवै बालिका साँझसम्म घर नफर्केपछि खोजतलास गरिएको थियो । घरपरिवारले राति ८ः४५ बजे लक्ष्मीनियाँ प्रहरी चौकीमा बालिका हराएको जानकारी गराएका थिए ।

प्रहरीमा खबर गरिएपछि खोजतलाश गर्ने क्रममा आइतबार साँझ स्थानीय बाबुजी यादवको पोखरीमा उनीहरुको शव पानीमा तैरिरहेका अवस्थामा फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

दुवै बालिकाको डुबेरै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका