नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • सडकबाट उदाएकी रानु मण्डल यसकारण फेरि सडकमै पुगिन् !

सडकबाट उदाएकी रानु मण्डल यसकारण फेरि सडकमै पुगिन् !

  • Nirmala Karki
  • सोमवार, कार्तिक ३, २०७७
सडकबाट उदाएकी रानु मण्डल यसकारण फेरि सडकमै पुगिन् !

एजेन्सी । भारतको पश्चिम बंगालको राणघाट रेल स्टेशनमा सडकमा गीत गाउने महिला रानु मण्डल एकाएक स्टार बनिन् । लता मंगेशकरको गीत गाएर रातारात सामाजिक संजालमा भाइरल बनेकी रानु अझ चर्चामा आइन् जतिबेला गायक तथा नायक हिमेश रेशमियाको गीतमा गाउने मौका पाइन् ।

हिमेशको संगतले रानु स्टार भइन् । तर त्यसको लगत्तै कोरोना संक्रमणका कारण भारतमा भयाभह अवस्था निम्तियो त्यससँगै सडकबाट महलमा पुगेकी रानु मण्डलको चर्चा सेलाउन थाल्यो ।

कोरोना भाइरस महामारीको कारण उनले मुम्बईमा कुनै काम नपाएको बताइन्छ । गीत हिट भएसँगै आफ्नो पुरानो घर छोडेर नयाँ घरमा गएकी रानु फेरी पुरानै घरमा फर्किन बाध्य भएको भारतीय मिडियाले जनाएको छ । आर्थिक संकटमा परेकी उनी कामको खोजीमा भौतारिदै दिन बित्ने गरेको बताइन्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका