बाग्मती, ३० असोजः पैँसठिऔँ प्रहरी दिवसका अवसरमा बाग्मती प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित समारोहमा सम्मानित भएपछि भावविह्वल हुँदै सेवारत रहँदा ज्यान गुमाएका अमर प्रहरीका श्रीमतीहरु ।
प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय हेटौँडाले अमर प्रहरीका परिवार तथा शान्तिसुरक्षा स्थापनाका लागि योगदान दिएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो ।
उनीहरुलाई प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सम्मान गर्नुभएको थियो । तस्बिरः रिपेश दाहाल/रासस