एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्षको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनको अघिल्लो सालको तुलनामा यस वर्ष ३६ लाख भारतीय रुपैयाँ बढी रहेको जनाइएको छ ।
यस वष उनको सम्पती २ करोड ८५ लाख भारतीय रुपैयाँ रहेको जनाएका छन् । गत वर्ष उनको कुल सम्पत्ति २ करोड ४९ लाख भारतीय रुपैयाँ थियो ।
उनले सम्पतीमा, ऋण र सवारी साधन नभएको जनाएका छन् । त्यस्तै संयुक्त स्वामित्मा घर, घडेरी, केही सुन र बैंक ब्यालेन्स रहेको जनाएका छन् ।