नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • जर्मनी कोभिड सङ्क्रमणको गम्भीर अवस्थामा आएको छ: मार्केल

जर्मनी कोभिड सङ्क्रमणको गम्भीर अवस्थामा आएको छ: मार्केल

  • Nirmala Karki
  • शुक्रबार, अशोज ३०, २०७७
जर्मनी कोभिड सङ्क्रमणको गम्भीर अवस्थामा आएको छ: मार्केल

बर्लिन, ३० असोजः जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताउनुभएको छ । जर्मनीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितमरु बढ्दै गएकोले उहाँले सो कुरा बताउनुभएको हो ।

हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ– उहाँले भन्नुभएको छ । उहाँले अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका सङ्क्रमितहरु बढ्दै गएका छन् र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती भएको छ भन्नुभएको छ ।

बिहीबार उहाँले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा अहिलेका लागि सबैभन्दा चुनौतीको काम सङ्क्रमितहरुको सम्पर्कमा आएका मानिसहरुलाई खोज्ने र उनीहरुलाई उपचारको दायरामा ल्याउने हो भन्नुभएको छ । जर्मनीले अहिलेको अवस्थामा लकडाउन गर्न सक्ने अवस्थामा नरहेको पनि उहाँले स्पष्ट गर्नुभएको छ ।उहाँले भन्नुभएको छ– हामी आर्थिक हिसाबले पनि अर्काे पटकको लकडाउनको अवस्थामा जान सक्दैनौँ र यही खुला रहेकै अवस्थाबाट नै हामीले उपचारका विधिहरु तय गर्नु पर्दछ । (रासस/सिन्ह्वा)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका