काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापालाई पनि (कोभिड- १९) संक्रमणको पुष्टि भएको छ । नेता थापालाई टाउको दुखेपछि गरिएको परिक्षणमा उनको पीसीआर रिपोट पोजेटिभ आएको बताइएको छ ।
‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड – १९ पिसिआर परिक्षण गर्दा मेरो रिपोर्ट ’पोजिटिभ’ देखिएको नेता थापाले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
उनले ट्वीट गर्दै लेखेका छन् मेरो अवस्था सामान्य छ । केही दिन यता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्कता रहन अनुरोध गरेका पनि छन् ।