नेपाली खोज
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, २५ असोजः अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिनुभयो ।

मोटरसाइकल पछाडि सवार ७ वर्षीय प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका