नेपाली खोज
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरियो !

१७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरियो !

  • सोमवार, साउन २६, २०७७
१७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरियो !

गलकोट, २६ साउनः बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर सो स्थानकी लक्ष्मी गुरुङलाई शुरुमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो । नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण सो स्वास्थ्यचौकीले सुत्केरी गराउन संभव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङलाई रिफर गरेको थियो ।

बुर्तिवाङमा पनि सुत्केरी हुन नसकेपछि उनीलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखाका चूणामणि कँडेलले जानकारी दिनुभयो । गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट उद्धार गरिएको हो । गर्भवतीको साल पहिलै निस्कदा शिशुको ज्यान जोखिममा पर्ने भएकाले तत्कालै उद्धारको आवश्यकता पर्ने धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सौगात कोइराला जानकारी दिनुभयो । उहाँका अनुसार यस्तो अवस्थामा तुरुन्तै शल्यक्रिया गरेर शिशु निकाल्नुपर्ने हुन्छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका