नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • यसकारण पनि खानुपर्छ बेलुकाको खाना समयमा नै, राती अबेर खाना खाँदा हुन्छन् यस्ता खतरा

यसकारण पनि खानुपर्छ बेलुकाको खाना समयमा नै, राती अबेर खाना खाँदा हुन्छन् यस्ता खतरा

  • बिहिबार, बैशाख ११, २०७७
यसकारण पनि खानुपर्छ बेलुकाको खाना समयमा नै, राती अबेर खाना खाँदा हुन्छन् यस्ता खतरा

काठमाडौँ । स्वस्थ एवम् तन्दुरुस्त रहनको लागि सही समयमा उचित आहारको अति आवश्यक हुन्छ । यदि हामी यसो गर्दैनौँ भने कयौँ स्वास्थ्य समस्याले पीडित हुन पुग्दछौँ । लामो समय राती अबेर खाना खाँदा समस्या थप जटिल हुन्छ । सुत्नुभन्दा २ वा ३ घण्टा अघि खाना खानु राम्रो मानिन्छ । कहिले पनि खाना खाने बित्तिकै सुत्ने गल्ती गर्नुहुँदैन । यसले स्वास्थ्य समस्या बढाउन सक्छ । यसकारण खाना खाइसकेपछि १०-१५ मिनेट हिड्नुपर्दछ । चिकित्सकका अनुसार, राती अबेर खाना खानुको १० नोक्सानको बारेमा यसरी चर्चा गरिएको छ ।

मुटुरोग दिनहुँ राती ढिलो खाना खाँदा शरीरमा कोलेस्ट्रोल बढ्न थाल्छ । यसले मुटुरोगको खतरा बढ्न सक्छ । तनाव दिनहुँ अबेर खाना खाँदा निन्द्रा पूर्ण रूपमा लाग्दैन । यसले तनाव बढाउन सक्छ । उच्च रक्तचाप दिनहुँ अबेर राती खाना खाँदा तनाव बढ्छ । यसले उच्च रक्तचापको समस्या बढाउन सक्छ ।

मोटोपन राती अबेर खाना खाने र तुरुन्त सुत्ने बानीले खाना फ्याटमा परिवर्तन हुनथाल्छ । यसले मोटोपनको समस्या बढ्न सक्छ । डायबिटीज दिनहुँ राती अबेर खाना खाँदा मोटोपन बढ्छ । यसबाट ब्लड शुगर लेभल बढ्नुको कारण डायबिटीजको आशंका बढ्न सक्छ । अपच ढिलो खाना खाँदा पाचन सन्तुलित रूपमा हुँदैन । यस अवस्थामा अपचको समस्या हुनसक्छ ।

अनिन्द्रा राती अबेर खाना खाने र तुरुन्त सुत्ने बानीले खाना फूड पाइपमा आउन थाल्छ । यस अवस्थामा निन्द्रा नलाग्ने समस्या हुनसक्छ । कब्जियत दिनहुँ राती अबेर खाना खाँदा इनडाइजेशन हुनथाल्छ । यस अवस्थामा कब्जियतको समस्या बढ्न सक्छ । फूड पाइपमा पोल्ने समस्या दिनहुँ राती अबेर खाना खाने र सुत्ने गर्दा खाना फूड पाइपमा आउनथाल्छ । यसबाट यहाँ पोल्ने समस्या उत्पन्न हुनथाल्छ । १०-एसिडिटी राती अबेर खाना खाँदा पाचन प्रक्रिया असन्तुलित हुन्छ । यसले एसिडिटीको समस्या उत्पन्न गर्न सक्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका