नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • चिडीमार समुदायको बिचल्ली

चिडीमार समुदायको बिचल्ली

  • बिहिबार, बैशाख ११, २०७७
चिडीमार समुदायको बिचल्ली

नेपालगञ्ज, ११ वैशाख: कोभिड—१९ को सङ्क्रमण रोक्न जारी बन्दाबन्दीले यहाँका सीमान्तकृत चिडीमार समुदाय  समस्यामा पर्न थालेको छ । समुदायका व्यक्ति अहिले चरा मार्न र समाउन छाडेर अन्य पेशा र व्यवसाय गरेर जीविकोपार्जन गर्न थालेका छन् ।
बन्दाबन्दीले दैनिक पेशा, व्यवसाय छुटेपछि उनीहरुलाई अप्ठेरो भएको छ । नेपालगञ्ज वडा नं १२ मा यो समुदायको बाक्लो बसोबास छ ।

सो वडा चिडीमार समुदायको पुरानो थातथलो पनि हो । ‘बन्दाबन्दीले हाम्रो त बिजोग नै बनाएको छ, वडा कार्यालयले एक महिनाअघि दिएको राहत पनि रित्तिइसक्यो, अब के खाने भन्ने चिन्ताले समुदायका सबैलाई पिरोल्न थालेको छ’, रामु चिडीमारले भन्नुभयो । चिडीमार भनेर चिनिए पनि अहिले उक्त समुदायका व्यक्तिले अर्काको मजदूरी गरेर वा ससानो व्यापार गरेर आफ्नो घर खर्च चलाइरहेका छन् ।

उनीहरु आफ्नो बारीको अन्नले मात्र खान नपुग्ने हुँदा मजदूरी गरेर खानलाउन र बालबालिकाको अध्ययन खर्च पु¥याउने गर्छन् ।
बन्दाबन्दी शुुरु भएलगत्तै वडा कार्यालयले प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल तथा नूनतेल दिएकामा त्यो पनि सकिएपछि झण्डै ४५० चिडिमार समुदाय अहिले बिचल्लीमा परेको उहाँले बताउनुभयो ।

‘अहिले सरकारले लागु गरेको एकद्वार प्रणालीअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाबाट मात्र राहत दिइने भएकाले हामी केही दिन सक्ने अवस्थामा छैनाँै’, वडाध्यक्ष बुद्धिसागर सुवेदीले भन्नुभयो । उपमहानगरपालिकाले राहत वितरणका लागि परिवारको तथ्यांक संकलन गरिहेको बताउँदै वडाध्यक्ष सुवेदीले दुईचार दिनभित्र सो समुदायले पनि राहत पाउने सम्भावना रहेको छ भन्नुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका