नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • रुकुमका स्थानीय तहद्वारा मजदूरको उद्धार

रुकुमका स्थानीय तहद्वारा मजदूरको उद्धार

  • बिहिबार, बैशाख ११, २०७७
रुकुमका स्थानीय तहद्वारा मजदूरको उद्धार

रुकुमपूर्व, ११ वैशाख: कामका सिलसिलामा जिल्ला बाहिर गएर फर्किँदै गरेका मजदूरलाई रुकुम (पूर्व) का स्थानीय तहले उद्धार गरेका छन् । इँटाभट्टामा मजदूरी गरेर फर्कँदै गरेका मजदूरहरुलाई बीच बाटामा अलपत्र परेपछि स्थानीय तहले उद्धार गरेर गन्तव्यमा पु¥याएका छन् । भक्तपुरको इँटाउद्योगमा काम गर्ने जिल्लाका भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका १३३ जनाको रोल्पाबाट उद्धार गरिएको छ । लकडाउनले गर्दा भक्तपुरमा अलपत्र परेका प्रदेश नं ५ का विभिन्न जिल्लाका मजदूरसँगै उनीहरुलाई पनि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले उद्धार गरेर रोल्पासम्म पठाउनुभएको थियो ।

उनीहरुलाई भूमे गाउँपालिकाले रोल्पाको होलेरीबाट उद्धार गरेर गाउँपालिकासम्म ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो । रोल्पाबाट उद्धार गरी ल्याइएका उनीहरु सबैलाई बुधबार स्वास्थ्य जाँच गरी दुई सातासम्म होम क्वारेन्टाइनमा बस्न भनिएको छ । उनीहरुको स्वास्थ्यवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ ।

यसैगरी धादिङ इँटाभट्टामा काम गर्ने सिस्ने –५ का तीन जनालाई पनि रुकुम(पश्चिम)को सोलाबाङबाट उद्धार गरिएको छ । मजदूरीका लागि धादिङ पुगेका उनीहरु कोरोना महामारीका कारण सरकारले लकडाउन घोषणा गरेपछि उनीहरु कतै पैदल हिँडेर तथा कतै विभिन्न स्थानीय तहको सहयोगमा सवारी साधनमार्फत सोलाबाङ पुगेका थिए ।

उनीहरुलाई पनि सिस्ने गाउँपालिकाले सोलाबाङ पुगी उद्धार गरेर घरसम्म पु¥याएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । उनीहरुलाई जिल्ला अस्पताल रुकुम(पूर्व)मा स्वास्थ्य परीक्षण गरी घर पठाइएको तर कोरोनाको कुनै लक्षण नदेखिएको अस्पतालले जनाए पनि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न भनिएको अध्यक्ष बरालले बताउनुभयो ।(रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका