नेपाली खोज
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • तपाई दिनमा कति लिटर पानी पिउनुहुन्छ ? शरीरमा पानीको कमी हुँदा देखिन्छन् यस्ता १० गम्भिर समस्या

तपाई दिनमा कति लिटर पानी पिउनुहुन्छ ? शरीरमा पानीको कमी हुँदा देखिन्छन् यस्ता १० गम्भिर समस्या

  • बुधबार, बैशाख १०, २०७७
तपाई दिनमा कति लिटर पानी पिउनुहुन्छ ? शरीरमा पानीको कमी हुँदा देखिन्छन् यस्ता १० गम्भिर समस्या

काठमाडौं । पानी अमृत हो । पानीविना मानव मात्रै होइन कुनैपनि प्राणी जीवित रहन्न । सृष्टि सञ्चालनमा पानीको महत्वपूर्ण भूमिका रहेको छ । तर, यही पानीको उचित सेवनको तालमेल नमिल्दा वा नपिउँदा गम्भीर रोग लाग्ने मात्रै होइन ज्यान नै जान पनि सक्छ । पानीको कमीको कमी हुदा जमिन चिरा परेजस्तै शरीरमा पानी कमी हुँदा सोही किसिमको असर गर्छ । युसर्थ बेला बेला थोरै थोरै पानी पिउनु स्वास्थ्यका लागि आवश्यक छ ।

पानीको कमीले देखिने १० नकारात्मक असर :

१. सास गन्हाउने– हाम्रो व्यस्त जीवनमा पानी पिउन हामीले भुलिरहेका हुन्छौँ । कामको दौरान तपाईँले बोल्दा जब तपाईँका सहकर्मीहरु परपर सर्छन अनि मात्रै तपाईँलाइ महसुस हुन्छ कि तपाईँले पानी पिउनु भएको छैन र तपाईँको सास गन्हाई रहेको हुन्छ ।

२. शारीरिक क्षमतामा कमी– शरीरमा पानीको मात्रा कम हुँनासाथ तपाईँको शारीरिक क्षमतामा कमी आउँछ । शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ ।

३. सुख्खा छाला– छालालाई स्वस्थ, तन्दुरुस्त र चमकदार राख्नको लागि प्रसस्त पानी पिउनु एकदमै जरुरी हुन्छ । यतिमात्रै होइन छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नुपनि उत्तिकै जरुरी हुन्छ ।

४. ड्राइभिङ क्षमतामा असर– फिजियोलोजी एण्ड विह्याभियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङमा पूर्ण रुपमा ध्यान दिन नसकी ड्राइभिङ क्षमतामा ह्रास आउने देखाएको छ ।

५. थकान– शरीरमा पानीको मात्रा कम हुदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ । यी सबैले शरीरलाई थकित बनाउँछ । त्यतिमात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरु पनि थकित हुने गर्छ ।

६. खराब मुड– शरीरमा पानीको मात्रा कम हुनुको असर शारीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने , रिसाउने , अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।

७. शरीर चिसो बनाउछ– रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मद्धत गर्छ ।पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ ।

८. आँखा धमिलो हुने र तिर्मिराउने– पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिरयाउने तथा काम गर्ने क्षमतामा ह्रास आउछ ।

९. टाउको दुखाई– चिकित्सकहरुका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले अब जब जब टाउको दुख्छ एक दुई गिलास पानी पिउनुस सम्भवत टाउको दुखाई हराएर जान्छ ।

१०. कब्जियत गराउछ– आन्द्रामा पचेका खानाहरु पास हुन शरीरमा पानीको जरुरी हुन्छ । तपाईँले यदि कम पानी पिउनु भएको छ भने आन्द्रामा भएका बस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ । जसले गर्दा कब्जियत गराउछ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका