नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • प्रेस सङ्गठनद्वारा मास्क र स्यानिटाइजर वितरण

प्रेस सङ्गठनद्वारा मास्क र स्यानिटाइजर वितरण

  • बुधबार, बैशाख १०, २०७७
प्रेस सङ्गठनद्वारा मास्क र स्यानिटाइजर वितरण

डोटी, १० वैशाख: प्रेस सङ्गठन नेपाल डोटी शाखाले जिल्लामा रहेका सञ्चारगृहलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ । सङ्गठनले आज डोटीबाट सञ्चालित विभिन्न सञ्चारगृहलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको अवस्थामा जनतालाई सुसूचित गर्ने, सूचना प्रवाह गर्ने सञ्चारकर्मीलाई कुनै पनि निकायबाट सहयोग नभएकाले सङ्गठनले सामग्री उपलब्ध गराएको डोटी शाखा अध्यक्ष कर्णबहादुर चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सञ्चारकर्मी जोखिम मोलेर काम गरिरहेको अवस्थामा कसैले पनि मास्क र स्यानिटाइजर नदिएको जानकारी पाएपछि हामीलेले आज सबै सञ्चारगृह र सञ्चारकर्मीलाई वितरण गरेका छौँ ।”

जिल्लाका ११ सञ्चारमाध्यमलाई ४० बोतल स्यानिटाइजर र ४०० थान मास्क वितरण गरिएको हो । उक्त सङ्गठनले जिल्लमा सङकट उत्पन्न हुने समयमा सधैँ अग्रपङ्क्तिमा रहेर काम गर्ने मिडियाकर्मीलाई सुरक्षित रहेर काम गर्ने वातावरणको सिर्जना गर्नसमेत माग गरेको छ । लकडाउनको समयमा जिल्लाबाट प्रसारण हुने एफएम रेडियो, रेडियो नेपाल, पत्रिका तथा सबै अनलाइनमा जनशक्तिका आधारमा मास्क र स्यानिटाइजर वितरण गरेको सङ्गठनका सहसंयोजक नवराज जोशीले जानकारी दिनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका