नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • जुम्लाबाट राजापुर हिँडेका मजदूरको उद्धार

जुम्लाबाट राजापुर हिँडेका मजदूरको उद्धार

  • बुधबार, बैशाख १०, २०७७
जुम्लाबाट राजापुर हिँडेका मजदूरको उद्धार

दैलेख, १० वैशाख: जुम्लाबाट पैदल यात्रा गरी बर्दियाको राजापुर पुग्ने लक्ष्य लिएर पैदल हिँडेका राजापुर नगरपालिकाका ३९ थारु समुदायका कामदारलाई यहाँ उद्धार गरिएको छ । लायन्स क्लबमा आबद्ध व्यक्तिले बटुवाका लागि सञ्चालन गरेको मेसमा खाना खुवाएर सवारी साधनमार्फत राजापुरका लागि पठाइएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले यातायातबापतको रकम चालकलाई बर्दिया पुगेर भुक्तानी दिने गरी दैलेखबाट उहाँहरूको उद्धार गरिएको हो । साथीहरू हिँड्न नसक्ने अवस्थामा नभएको र धेरैको खुट्टा फुटेको कुरा पत्रकारले थाहा पाएर सबैलाई जानकारी गराइदिएका कारण आफूहरूको उद्धारमा सहयोग भएको पैदल यात्री शिवप्रसाद थारुले जानकारी दिनुभयो ।

लायन्स क्लब दैलेखका सदस्यले व्यक्तिगत रुपमा रु एक हजार पाँच सय संकलन गरेर बटुवालाई खाना खुवाउने अभियान शुरु गरेको र अहिलेसम्म दुई सयभन्दा बढीलाई खाना खुवाएर गन्तव्यमा पठाइएको दैलेख लायन्सका अध्यक्ष नरेन्द्र केसीले जानकारी दिनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका