नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • TikTOK मा धेरै गाली खाएपछि नायिका सुष्मा कार्कीले मुख खोलिन् ! किन भनिन्, पुजा शर्मा मन पर्दैनदेखि मेलिना राईलाई चिन्दिँन (भिडियो हेर्नुस)

TikTOK मा धेरै गाली खाएपछि नायिका सुष्मा कार्कीले मुख खोलिन् ! किन भनिन्, पुजा शर्मा मन पर्दैनदेखि मेलिना राईलाई चिन्दिँन (भिडियो हेर्नुस)

  • मङ्लबार, बैशाख ९, २०७७
TikTOK मा धेरै गाली खाएपछि नायिका सुष्मा कार्कीले मुख खोलिन् ! किन भनिन्, पुजा शर्मा मन पर्दैनदेखि मेलिना राईलाई चिन्दिँन (भिडियो हेर्नुस)

केही दिनयता सामाजिक सञ्जाल टिकटकमा नायिका सुष्मा कार्कीले दिएका केही अन्तर्वार्ता चर्चामा छन् । सुष्माले नायिका पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिन भन्दै दिएको अन्तर्वार्ताले टिकटकमा चर्चा पाएको छ। जहाँ पूजाको अभिनयमा समेत सुष्माले प्रश्न उठाएकी छिन् । यो भिडियो केही समय अगाडिको हो । तर, लकडाउनको समयमा यो भिडियो चर्चामा रहेपछि नायिका सुष्मा कार्कीलाई टिकटकमै दर्शकले गाली गर्न सुरु गरेका छन् । उनलाई एक कलाकार भएर अर्को कलाकारको सम्मान गर्न नजानेको भन्दै दर्शकले आलोचना गर्न थालेका छन् ।

सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी धेरै भएपछि टिकटककै माध्यमबाट सुष्माले पूजासँगको सम्बन्धलाई स्पष्ट पार्ने कोसिस गरेकी छिन् । सुष्माले भनेकी छिन्–‘दुई वर्ष अगाडिको भिडियो अहिले भाइरल गराएर किन नराम्रो बनाउनु । पूजा र मेरोबीच राम्रो सम्बन्ध छ । उनले मलाई दिदी भन्छिन्, म उसलाई बहिनी भन्छु । मिडियाले उचालिदिएर हामो सम्बन्ध बिगार्ने प्रयास गरिरहेका छन् ।’ सुष्माले पुरानो भिडियो केही समय भाइरल हुने र यसपछि हराउने भन्दै अहिले भाइरल बनाउँदा कसलाई फाइदा हुन्छ र ? भन्दै प्रश्न पनि गरेकी छिन् । (भिडियो हेर्नुस)
स्रोत- अनलाईन खबर

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका