नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • अमेरिकाबाट भाग्यश्वर सिंहले स्वास्थ्यकर्मीलाइ माक्स सहयोग

अमेरिकाबाट भाग्यश्वर सिंहले स्वास्थ्यकर्मीलाइ माक्स सहयोग

  • मङ्लबार, बैशाख ९, २०७७
अमेरिकाबाट भाग्यश्वर सिंहले स्वास्थ्यकर्मीलाइ माक्स सहयोग

मार्तडी ९,वैशाख: स्थानीय तहले स्थापना गरेका हेल्थ डेक्सका स्वास्थ्यकर्मीलाइ अमेरिकाबाट सर्जिकल माक्स सहयोग प्राप्त भएको छ । यहाँस्थित बुढीगंगा नगरपालिका–१ कुँडी घर भइ अमेरिकामा नर्सिङ्ग पेशामा कार्यरत भाग्यश्वर सिंहले एक हजार ८०० माक्स सहयोग गर्नु भएको हो । उहाँले ४० हजार बराबरको एक हजार ८०० सर्जिकल मास्क सहगोग गर्नु भएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा एमबिबिएस अध्ययनरत विद्यार्थी धनेन्द्र शाहीको समन्वयमा अमेरिकाबाट भाग्यश्वरीले सहयोग गर्नुभएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले जानकारी दिनुभयो । सिंहले आफ्नो पारिश्रमिकबाट आएको केही रकमले स्वास्थ्यकर्मीलाइ सो सहयोग गर्नुभएको हो ।

सर्जिकल माक्स बुढीनन्दा नगरपालिकामा चार सय, स्वामिकार्तिक खापर गाँउपालिकामा तीन सय, जगन्नाथ गाँपालिकामा तीन सय, हिमाली गाँउपालिका तीन सय हस्तान्तरण गरिएको छ । त्रिवेणी नगरपालिकामा तीन सय र बुढिगंगा नगरपालिका–१ धुरालसैनमा रहेको स्वास्थ्य केन्द्रलाइ दुइ सय मास्क हस्तान्तरण गरिएको छ । जिल्लामा हाल २१ हेल्थ डेस्क, १५ क्वारेन्टाइन र २ वटा आइसोलेसन कक्ष भएपनि अधिकांशमा मास्क नभएको पाइएको थियो ।

यसैबीच स्वास्थ्य कार्यालय बाजुरालाई नेपाली काँग्रेसका महासमिति सदस्य जनकराज गिरीको पहलमा १८ वटा व्यक्तिगत सुरक्षा सामाग्री ( पिपिइ) सहयोग गरिएको छ । समाजसेवी महावीर पुनको सहयोगमा प्राप्त पिपिइ काँग्रेस नेता गिरीको पहलमा बाजुरा आइपुगेका हुन् । ती पिपिई स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तलाई बुझाइएको छ ।

उपचारमा संलग्न व्यक्ति, एम्बुलेन्सका सवारी चालकको सुरक्षाका लागि प्रयोग गर्न राहत स्वरुप सो सामग्री पठाएको काँग्रेस नेता जनकराज गिरीले बताउनुभयो ।(रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका