नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • अलपत्र परेका नौ युवा भन्छन “परिवारका साथमा हुन पाए ढुक्क हुन्थ्यो”

अलपत्र परेका नौ युवा भन्छन “परिवारका साथमा हुन पाए ढुक्क हुन्थ्यो”

  • सोमवार, बैशाख ८, २०७७
अलपत्र परेका नौ युवा भन्छन “परिवारका साथमा हुन पाए ढुक्क हुन्थ्यो”

–जमुनावर्षा शर्मा

चिप्लेढुङ्गा, ८ वैशाख: रुकुम, चौरजहारी वडा नं ५ का नौ युवा घर जानका लागि अहिले पोखरा आइपुगेका छन् । तीन दिनको पैदल यात्रापछि यहाँ आइपुगेका उनीहरु यतिबेला पोखरा महानगरपालिका वडा नं ९ स्थित नवप्रभात स्कूलमा आश्रय लिइरहेका छन् । गोरखाको बारपाक र आसपासका ठाउँमा भूकम्पबाट भत्किएका निर्माण गर्दै आएका उनीहरु लकडाउनमा काम नभएपछि परिवारको न्यास्रो मेटाउन आफ्नै जन्मघरतिर हिँडेका हुन् ।

पैदलयात्रीमध्ये प्रेम केसीले लकडाउनले दिन बिताउनै मुश्किल भएपछि घर हिँडेको बताउनुभयो । “हामी गोरखामा घर बनाउने काम गथ्र्यौँ तर कोरोनाले गर्दा काम गर्न पाइएन, सरकारले लकडाउनग¥यो , स्थानीय सरकारले राहत त दिएको थियो, राहतको रासन खाएर दिन काट्न साह्रै गाह्रो भयो, यो विपत्को बेला घर जान पाए परिवारका साथ बस्न पाइन्थ्यो, खेतीपातीको काम गर्न पाइन्थ्यो ।” उहाँहरु यही वैशाख ५ गते हिँडेर ७ गते यहाँ आइपुग्नुभएको छ ।

एक्काइस वर्षीय पवन केसी पनि काम गरेर खान नपाएपछि घर हिँडेको बताउनुहुन्छ । “काम गर्न पाएनौँ, घरबाट बाआमाले अरुहरु घरआए, तिमीहरु कहिले आउँछौ भन्दै फोन गर्न थाले, अनि हामी हिँडेका हाँै”, केसीले भन्नुभयो, “हामी नौ जनालाई छ दिन पुग्ने रासन स्थानीय सरकारले दिएको थियो तर सहज भएन राहतको रासनमा दिन बिताउन, बरु गाउँमै गएर परिवारसँगै बस्ने र गहुँ काटेर दिन बिताउने भनेर पैदलयात्रा गरेका हौँ ।” केसीले आँबुखैरेनीमा अभियान भट्ट नामका एक व्यक्तिले पानी र फलफूल दिएको तथा २० किलोमिटरसम्म गाडीमा ल्याइदिएको बताउनुभयो ।

केसीको समूहलाई पोखरा आएपछि एक स्थानीयवासी महिलाले केही खानेकुरा, रिचार्ज कार्ड र रु नौ सयका साथ सामुदायिक स्कूलमा बस्ने मिलाएकी हुन् । उस्तै उमेर समूहका तन्नेरीहरुको एउटै चाहना परिवारको साथ दुःखसुख साटेर खेतीकिसानीमा दिन बिताउने रहेको देखिन्छ । “सरकारले रुकुमसम्म पु¥याइदिए निकै खुशी हुने थियाँै । गहुँ काट्ने बेला भएको छ, वनका काफल पनि सम्झिरहेका छौँ”, समूहका एक युवकले भन्नुभयो, “हामी रहरले नभई बाध्यताले पैदल यात्रा गरेका हाँै, घरसम्म पुग्न पाए हुन्थ्यो ।” तिनका अनुसार बागलुङबाट नै रुकुम पुग्न तीन दिन लाग्छ ।

पोखरा–९ का वडा सचिव लोकदर्शन कोइरालाले युवाहरु बाटामा अलपत्र परेको खबर पाएपछि उद्धार गरिएको बताउनुभयो । “अहिले परिस्थिति जटिल छ, पैदल हिँड्नु रहर नभई बाध्यता बनेको छ, यस बेला घरका परिवारको साथमा रहन खोज्नु स्वाभाविक पनि हो, हामीले उहाँहरुलाई बागलुङसम्म पु¥याउनका लागि पहल गरेका छौँ”, कोइरालाले भन्नुभयो, “सिडिओ कार्यालयको अनुमति पत्र कुरेका छौँ, मिल्यो भने बागलुङसम्म गाडी व्यवस्था हामी गर्न तयार छौँ ।”

कोइरालाका अनुसार रेडक्रसले १० कम्बल र आमा समूहले उक्त सामुदायिक स्कूलमा १० जनाका लागि ओढ्ने ओछ्याउने व्यवस्था गरेका छन् । खानाका लागि भने स्थानीयवासीको सहयोग जुुटिरहेको छ । आवश्यक परे अरुलाई पनि खाना खुवाउन सकिने कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सिद्धमार्ग आमा समूहले खाना पकाउन सहयोग गरिरहेको छ, वडामा १९ वटा आमा समूह सक्रिय छन्, आवश्यक परे सबैलाई परिचालन गरेर हामी अलपत्र परेकालाई खाना खुवाउन तयार छौँ ।”(रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका