नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • पसलमा आगलागी हुँदा बालकको मृत्यु

पसलमा आगलागी हुँदा बालकको मृत्यु

  • सोमवार, बैशाख ८, २०७७
पसलमा आगलागी हुँदा बालकको मृत्यु

गुल्मी, ८ वैशाख:  पसलमा आगलागी हुँदा बालकको मृत्युचन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बसपार्कको एक किराना पसलमा आगलागी हुँदा एक किशोरको मृत्यु भएको छ । आगलागीमा परी व्यवसायी पूर्णबहादुर खनालका १६ वर्षीय छोरा समिरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो ।

आगलागीबाट समिरको घटनास्थलमै ज्यान गएको तथा मृतकका बावुु ४५ वर्षीय पूुर्णबहादुर, आमा ४२ वर्षीया रुपा र निजका दाजु २१ वर्षीय सञ्जय घाइते भएको जनाइएको छ । घाइते तीनै जनालाई उपचारका लागि पाल्पाको मिसन अस्पताल प्रवासमा पठाइएको प्रहरीले जनाएको छ ।
लकडाउनका समयमा सबै घरमै बसिरहेका अवस्थामा भएको आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । शान्तिपुर बजारमा पसल सञ्चालन गर्दै आउनुभएका खनालको आगलागीबाट पसलका सबै सामग्री जलेर नष्ट भएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले जानकारी दिनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका