नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • क्यान्सर मात्रै होइन, ब्लड प्रेसर र किड्नी समेत ठीक गर्छ जमराले…

क्यान्सर मात्रै होइन, ब्लड प्रेसर र किड्नी समेत ठीक गर्छ जमराले…

  • सोमवार, बैशाख ८, २०७७
क्यान्सर मात्रै होइन, ब्लड प्रेसर र किड्नी समेत ठीक गर्छ जमराले…

काठमाडौं । न दशैँ न त तिहार, बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छ । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलामा । बिहान उठ्ने बित्तिकै गहुँ भिजाउनु, माटो तयार गर्नु, जमरा रोप्नु, उम्रीसकेका जमरामा पानी हाल्नु र तयार भईसकेका जमरा उखेलेर त्यसको रस निकाली बिरामीलाई खुवाउनु काठमाडौँ माकलबारीकी सीता भट्राईको दैनिकी हो । उनलाई बिहान उठेदेखि राती सुत्ने बेलासम्म जमराको स्याहार सुसार गर्दैमा भ्याई नभ्याई हुन्छ ।

हिन्दुहरुले बडा दशैँमा पवित्र मानेर शीरमा लगाउने जमराको सेवनले मुटु रोग, दम, क्यानसर र अन्य कैयौँ रोग निको हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर जमराको रसको सेवनले हाड जोर्नी सम्बन्धी रोग, पाचन प्रणालीको समस्या, स्वास प्रस्वास सम्वन्धी रोग, मुत्र सम्वन्धी गडबडी, मुटु रोग तथा अन्य सबै खालका दीर्ध रोग निको हुने भन्दै सीता भट्राई बिगत १ वर्ष यता अनबरत रुपमा यसको खेती गरि यसलाई औषधीको रुपमा प्रयोग गर्दै आएकी छिन् । घरको वल्लो कुनादेखि पल्लो कुना सम्म र तलदेखि माथि सम्म जमराका गमलाले खचाखच भरिएको हुन्छ । अझ भनौं, उनको घर नै जमरामय बनेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका