नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • क्यानाडामा अ न्धा धु न्ध गो ली प्र हा र, १६ जनाको ह त्या

क्यानाडामा अ न्धा धु न्ध गो ली प्र हा र, १६ जनाको ह त्या

  • सोमवार, बैशाख ८, २०७७
क्यानाडामा अ न्धा धु न्ध गो ली प्र हा र, १६ जनाको ह त्या

टोरन्टो, ८ वैशाख– क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक ब न्धु क धा रीले अ न्धा धु न्ध गो ली प्र हा र गरी आइतबार १६ जनाको ह त्या गरेका छन् । प्र ह रीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गो ली प्र हा र गरेका र कतिपय घरमा आगो समेत लगाइदिएका थिए ।

क्यानाडाको इतिहासमा सबैभन्दा वि भ त्स मानिएको यस घटनामा संलग्न व्यक्ति पनि प्रहरी कारबाहीमा मा रिएको प्रहरीले जनाएको छ । मारिएका व्यक्तिमध्ये एक जना प्रहरी अधिकृत पनि रहेका छन् । हेलिफ्याक्सबाट उत्तरतर्फ करिब १०० किलोमिटरको दुरीमा रहेको सानो ग्रामीण शहर पोर्टापिकमा उक्त घ टना भएको हो । प्रहरीका अनुसार एउटा सानो घरभित्र र बाहिर सबैभन्दा बढी मानिसका श व भेटिएका थिए ।

घटनालगत्तै प्रहरीले स्थानीयवासीलाई घरभित्रै बस्न र घरका ढोकामा ताला लगाउन अनुरोध गरेको थियो । क्यानाडा सहित यो ठाउँ पनि कोरोनाभाइरस महामारीका कारण लकडाउनको अवस्थामा छ । प्रहरीले ब न्धु क धा री ५१ वर्षीय ग्याब्रिएल वोर्टम्यान भएको बताएको छ । उनी पनि पोर्टापिककै अस्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनले प्रहरीको पोशाक लगाउनुका साथै रोयल क्यानेडियन लेखिएको प्रहरी कारमा सवार थिए ।

“यो हाम्रो प्रान्तको इतिहासमा भएको हिं सा को सबैभन्दा विभत्स घटना हो,” नोभा स्कटियाका प्रमुख स्टिफन म्याकनीलले बताउनुभयो । क्यानेडियन प्रहरीका प्रवक्ता डानियल ब्राइनले उक्त संदिग्धका अतिरिक्त १६ जनाको मृ त्यु भएको पुष्टी गर्नुभयो ।

क्यानाडामा सामूहिक गो ली का ण्ड का घटना कमै हुने गरेका छन् । सन् १९८९ मा मोन्ट्रियलको इकोल पोलिटेक्निक कलेजमा बन्दु क धा री मार्क लेपिनले १४ जना महिलाको हत्या गरेपछि क्यानाडाले आफ्नो बन्दु क नि यन्त्र ण कानुनमा संशोधन गरेको थियो ।

क्यानाडामा अहिले दर्ता नभएका ह्यान्डगन (हाते ब न्दु क) वा एकै पटक धेरै गो ली हान्न सक्ने (आरपिडब्लु) स्वचालित ह ति यार राख्न अ वै ध बनाइएको छ । ह ति यार किन्नुअघि पर्याप्त प्रशिक्षण, व्यक्तिगत जोखिम मूल्याँकन, दुई जनाको सिफारिस, पति वा पत्नीलाई पूर्व जानकारी तथा फौजदारी रेकर्डको जाँच गरिन्छ ।

उक्त घटनालगत्तै प्रधानमन्त्री जस्टिन ट्रुडोले एउटा हस्तलिखित विज्ञप्ति प्रकाशन गरी “एक देशको रूपमा, यस्ता क्षणहरूमा हामी एक अर्कालाई सहयोग गर्न एकताबद्ध हुन्छौं । हामी सबै पीडित परिवारको साथमा छौं, उनीहरूलाई यो कठिन समयमा सहयोग गर्नेछौं” भन्नुभएको छ ।

प्रहरी प्रमुख क्रिस लिथरले घटनाको मुख्य उद्देश्य अनुसन्धानको क्रममा रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्मको अनुसन्धानले घ ट नामा एक व्यक्ति मात्र सं ल ग्न रहेको देखिएको बताउनुभयो । उक्त घ ट ना लगत्तै पुगेको प्र हरी र संदिग्ध व्यक्तिबीच गोली हा ना हा न भएको पनि लिथरले बताउनुभयो । (रासस–एपी)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका