नेपाली खोज
आइतवार, कार्तिक ९, २०७७
  • होमपेज
  • कोरोना सङ्क्रमणबाट भरतपुर अस्पतालमा उपचारका क्रममा वडा सदस्य पाण्डेको मृत्यु

कोरोना सङ्क्रमणबाट भरतपुर अस्पतालमा उपचारका क्रममा वडा सदस्य पाण्डेको मृत्यु

  • Govinda
  • शनिबार, कार्तिक १, २०७७
कोरोना सङ्क्रमणबाट भरतपुर अस्पतालमा उपचारका क्रममा वडा सदस्य पाण्डेको मृत्यु

चितवन, १ कात्तिकः खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो । आईसोलेसनमा रहनुभएकोमा उहाँलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो ।

खोकी र श्वासप्रश्वासमा समस्या रहेको उहाँको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उहाँको उपचार भईरहेको थियो । उहाँ नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी हुनु भएको थियो । नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गर्नुभएको छ । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका