नेपाली खोज
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • प्रहरी दबाव र प्रभावमा पर्नुहुन्नः मुख्यमन्त्री

प्रहरी दबाव र प्रभावमा पर्नुहुन्नः मुख्यमन्त्री

  • Govinda
  • शुक्रबार, अशोज ३०, २०७७
प्रहरी दबाव र प्रभावमा पर्नुहुन्नः मुख्यमन्त्री

गण्डकी, ३० असोज: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल प्रहरीले दबाव र प्रभावमा नपरी जनताको सेवामा दत्तचित्त हुनपर्ने बताउनुभएको छ । ६५ औं प्रहरी दिवसका अवसरमा आज आयोजित श्रद्धाञ्जलि एवम् सम्मान कार्यक्रममा उहाँले नेपाल प्रहरीले देश र जनताको सुरक्षामा स्थापना कालदेखि नै महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै जनताको सेवा प्रवाह गर्न इमान्दारिता र जिम्मेवारीबोधलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशकाा आन्तरिक मामिला तथा कानूनमन्त्री मन्त्री हरिबहादुर चुमानले प्रहरी सेवाको प्रभावकारिताको लागि साधन श्रोत सम्पन्न बनाउँदै प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश प्रहरी प्रमुख धनश्याम अर्यालले नेपाल प्रहरी आम नागरिकको जीउधन र अधिकारको रक्षामा अहोरात्र खटिदै आएको बताउनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका