नेपाली खोज
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • विजयको शब्द , संगीत र स्वरमा ‘माया बैगुनी’ सार्वजनिक (भिडियो)

विजयको शब्द , संगीत र स्वरमा ‘माया बैगुनी’ सार्वजनिक (भिडियो)

  • Govinda
  • शुक्रबार, अशोज ३०, २०७७

काठमाडौं । अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक विजय शंखरले आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेका छन् ।

प्रेमिल शैलीको यस गीतमा स्वर विजय शंखर र भोइस अफ नेपाल फेम्ड गायिका विमोचना लोम्जेलको रहेको छ । गीतमा शब्द र संगीत स्वयम् गायक विजय शंखरको रहेको छ । यस गीतलाई टेकेन्द्र याक्शो लिम्बुले संगीत संयोजन गरेका हुन् ।

प्रेम गर्न चाहने युवा युवती विचको फकाउने खोज्ने तरिका र ठट्टालाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका आंचल शर्मा र मोडेल निराजन प्रधान फिचर्ड छन् ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन् । सोनाम पाख्रिनको निर्देशनमा भिडियो तयार पारिएको हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका