नेपाली खोज
शुक्रबार, कार्तिक १४, २०७७
  • होमपेज
  • विश्वचर्चित रेस्लर जोन सेनाले गरे इरानी मूलकी क्यानेडियन युवतीसँग विवाह

विश्वचर्चित रेस्लर जोन सेनाले गरे इरानी मूलकी क्यानेडियन युवतीसँग विवाह

  • Govinda
  • शुक्रबार, अशोज ३०, २०७७
विश्वचर्चित रेस्लर जोन सेनाले गरे इरानी मूलकी क्यानेडियन युवतीसँग विवाह

काठमाडौं- विश्वचर्चित रेस्लर तथा डब्लूडब्लूईका च्याम्पियन जोन सेनाले इरानी युवतीसँग विवाह गरेका छन् । समाचारमा जनाइए अनुसार इरानी युवती शाए शारियातजादेसँग यही अक्टोबर १२ मा फ्लोरिडामा विवाह गरेका हुन् । यो जोडी केही वर्षदेखि प्रेममा थियो । उनीहरुले गत फेब्रुअरीमा इंगेजमेन्ट गरेका थिए ।

जोनले भने विवाह सम्पन्न भएपछि सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरेका छन् ।अभिनेता समेत बनेका ४३ वर्षीय सेना यसअघि २००९ देखि २०१२ सम्म एलिजाबेथ हुबर्देउसँग वैवाहिक सम्बन्धमा थिए ।र त्यसपछि ६ वर्षसम्म अर्थात् २०१८ सम्म सेलिब्रिटी निकी बेलासँग सम्बन्धमा थिए । तर उनको त्यो बिहे पनि लामो समय टिक्न सकेन् ।

जोन सेनासँग हालै विवाह गरेकी शारियातजादे इरानी मूलकी क्यानेडियन युवती हुन् । जसले युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाबाट इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अन्तर्गत इन्जिनियरिङको डिग्री सर्टिफिकेट लिएकी थिइन् । यो जोडीले बिहे गरेपनि विवाह समारोहबारे विस्तृतमा जानकारी भने गराइएको छैन ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका