नेपाली खोज
आइतवार, कार्तिक ९, २०७७
  • होमपेज
  • लुम्बिनी प्रादेशिक अस्पतालमा एक सङ्क्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा एक सङ्क्रमितको मृत्यु

  • Govinda
  • शुक्रबार, अशोज ३०, २०७७
लुम्बिनी प्रादेशिक अस्पतालमा एक सङ्क्रमितको मृत्यु

लुम्बिनी, ३० असोज: बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएर उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो । उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा थापाले बताउनुभयो । उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा थापाले जानकारी दिनुभयो । योसँगै आजसम्ममा कोरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका