नेपाली खोज
शुक्रबार, कार्तिक १४, २०७७
  • होमपेज
  • न’क्कली फेसबुक पेज बनाई अ’श्लील सन्देश पठाउने वि’रुद्ध मु’द्दा

न’क्कली फेसबुक पेज बनाई अ’श्लील सन्देश पठाउने वि’रुद्ध मु’द्दा

  • Govinda
  • शुक्रबार, अशोज ३०, २०७७
न’क्कली फेसबुक पेज बनाई अ’श्लील सन्देश पठाउने वि’रुद्ध मु’द्दा

काठमाडौँ, २९ असोजः न’क्कली फेसबुक पेज बनाई अ’श्लील र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप बिगारेर असान्दर्भिक विषयवस्तु पोष्ट गर्ने व्यक्तिवि’रुद्ध मु’द्दा चलाइएको छ । प्रहरीको साइ’बर व्यू’रोमा परेको उ’जुरीका आधारमा अनुसन्धान गरी अछामको ढकारी गाउँपालिका ५ बस्ने किरण बुढावि’रुद्ध काठमाडौँ जिल्ला अदालतमा मु’द्दा दा’यर गरिएको व्यूरोले आज विज्ञप्ति जारी गरी जनाएको छ ।

उनले ख्यातिप्राप्त महिला कलाकारको फोटोको स्वरुप बिगारेर फेसबुक पेजमा राख्ने गरेको भनी निवेदन परेको थियो । हाम्रो ढकारी गाउँपालिका अनलाइन खबर नामको पेज बनाएर बुढाले अ’श्लील गतिविधि सञ्चालन गरेको पाइएको व्यू’रोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिनुभयो ।

उनीवि’रुद्ध अछामको ढकारी गाउँपालिकाले नामको अनधिकृत पेज बनाई गाउँपालिकाको बदनाम गरेकाले खोजी गरी कानुनअनुसार कारवाहीका लागि व्यू’रोमा पत्राचारसमेत गरेको थियो । सोही निवेदनका आधारमा उनीमाथि व्यू’रोले अनुसन्धान थालेको थियो । उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेकाले हदैसम्मको स’जाय माग दावी लिई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौँमा मु’द्दा दा’यर गरिएको व्यूरोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच व्यू’रोले बाल अश्लिलता फैलाउने काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने प्रविण ढकाल वि’रुद्ध समेत मु’द्दा चलाइएको जनाएको छ । सामाजिक सञ्जाल र फेसबुक म्यासेन्जरबाट अ’श्लिल श्रव्यदृश्य पठाइ हैरानी पारेको उ’जुरीका आधारमा अनु’सन्धान गर्दा उनले विद्युतीय कारोबार ऐन अन्तरगतको क’सुर गरेकाले काठमाडौँ जिल्ला अदालतमा मु’द्दा चलाइएको अर्यालले बताउनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका