नेपाली खोज
शुक्रबार, कार्तिक १४, २०७७
  • होमपेज
  • इण्डियन आइडलको मञ्चमा गायक आदित्यसँग विबाहको नाटक गरेकी नेहाले के साँच्चिकै रोहनसँग विबाह गर्छिन त ?

इण्डियन आइडलको मञ्चमा गायक आदित्यसँग विबाहको नाटक गरेकी नेहाले के साँच्चिकै रोहनसँग विबाह गर्छिन त ?

  • Govinda
  • शुक्रबार, अशोज ३०, २०७७
इण्डियन आइडलको मञ्चमा गायक आदित्यसँग विबाहको नाटक गरेकी नेहाले के साँच्चिकै रोहनसँग विबाह गर्छिन त ?

एजेन्सी । आफ्नो सामान बेच्न गायिका नेहा कक्करलाई कसैले सिकाउनै पर्दैन । कहिले इण्डियन आइडलको मञ्चमा गायक आदित्य नारायण झासँग विबाहको हल्ला गरेर त कहिले अनेकन फण्डा रच्न माहिर सुन्दरी गायिका नेहाले गायक रोहनप्रीत सिंहसँग विवाह गरेको भान हुन हल्ला आँफैले फैलाइन् । ’नेहु दा ब्याहा’ नामको उक्त गीत उनी आफैंले लेखेको र सो गीतको प्रचारका लागि नेहाले सामाजिक सञ्जाल इन्स्ट्राग्राममा रकुलप्रितसँगको तस्बिर सेयर गरिन् ।

उक्त तस्विरका कारण नेहाले रोहनसँग विबाह गर्न लागेको भन्ने समाचारहरु आए । त्यसपछि यो जोडीको विबाहको चर्चा सुरु भयो । अरु त अरु आदित्यले पनि नेहाले प्रेमी सार्वजनिक गरेको भन्दै आफ्नी प्रेमीकाका बारेमा बोल्न भ्याए । तर नेहाले ’नेहु दा ब्याहा’ नामको उक्त गीतको प्रचार गरेको भन्ने कसैले पत्तै पाएनन् ।

यसको संगीत पनि उनी आफैंले दिएकी छिन् । गीत अक्टुबर २१ मा रिलिज हुँदैछ। पञ्जावी गीतमा उनले त्यहीँको लुकमा भिडियो निर्माण गरेको देखिएको छ । उक्त गीत ब्यापक प्रचारका कारण पनि बहुप्रतिक्षित बनेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका