नेपाली खोज
आइतवार, कार्तिक ९, २०७७
  • होमपेज
  • नङ टोक्ने बानी छ ? आजै बाट त्याग्नुहोस्, यस्तो ख’तरा रोग लाग्न सक्छ !

नङ टोक्ने बानी छ ? आजै बाट त्याग्नुहोस्, यस्तो ख’तरा रोग लाग्न सक्छ !

  • Govinda
  • शुक्रबार, अशोज ३०, २०७७
नङ टोक्ने बानी छ ? आजै बाट त्याग्नुहोस्, यस्तो ख’तरा रोग लाग्न सक्छ !

बिबिसी– सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन् । सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब गरेपछि साबुनले हात धोऊ, खाना खानुअघि हात धोऊ ।’ भनिन्छ हात सफा भए कीटाणू फैलिँदैनन् । खानेकुरा बेच्नेहरूले अझ बढी हात सफा राख्नुपर्छ ।

तर, यथार्थमा हुन्छ के भने हामीले जतिसुकै प्रयास गरे पनि हातबाट ब्याक्टेरिया/कीटाणू पूर्णतया समाप्त हुँदैनन् वा भनौँ हाम्रो हात कीटाणूमुक्त हुँदैन । त्यसैले बिरामीको जाँच वा उपचार गर्दा चिकित्सक र नर्सहरू पन्जा लगाउँछन् ।

करिब सय वर्षअघि चिकित्सकले के पाए भने, बारम्बार हात धुँदा पनि हात पूर्ण रुपमा कीटाणूमुक्त हुँदैन । तर, यसको कारण पत्ता लगाउन भने करिब ७० वर्षभन्दा बढी समय लाग्यो ।

सन् १९७० तिर आएर मात्र हात पूर्णतया कीटाणूमुक्त नहुने कारण पत्ता लाग्यो। वैज्ञानिकहरूले परीक्षणबाट के पत्ता लगाए भने हातका औंलाको टुप्पो सफा भए मात्र कीटाणू फैलन घट्छ । हाम्रो नङमुनिको ठाउँमा यति धेरै कीटाणू हुन्छन् कि यसलाई कीटाणूको घर भने हुन्छ ।

हात धुँदा नङ र औंलाको काप राम्ररी सफा हुँदैन । साथै हात धोएपछि पनि नङ र काप धेरै बेरसम्म सुक्दैन । सुख्खा नहुने र ओसिलो (भिजेको) ठाउँमा ब्याक्टेरियाको अत्यन्त छिटो वृद्धि हुन्छ ।

सन् १९८८ मा अमेरिकाको पेन्सिलभानिया विश्वविद्यालयमा एउटा अनुसन्धान भयो। अनुसन्धानमा २६ जना स्वयंसेवक र केही कर्मचारीका हातको नमूना परीक्षण गरियो। परीक्षणमा नङ र औंलाका काप नै त्यस्ता ठाउँ प्रमाणित भए, जहाँ हातका अन्य भागभन्दा बढी ब्याक्टेरिया पाइयो । पूरै हातभरि हजारौं ब्याक्टेरिया भेटिए भने नङमुनि लाखौं ब्याक्टेरिया फेला परे ।

हात धुँदा पनि साबुन नङमुनि मुस्किलले पुग्छ र त्यहाँ रगडेर सफा गर्न पनि कठिन छ । यसैकारण नङमुनि ब्याक्टेरिया मजाले वृद्धि भइरहन्छन् । यसमा हामीले पाल्ने लामा नङ र नक्कली नङको पनि ठूलो योगदान रहन्छ ।

सन् १९८९ मा अमेरिकामा त्यहाँका केही नर्सले नङबाट बिरामीलाई हुने हानीबारे लेखेका थिए । यसपछि एउटा अनुसन्धान गरियो । अनुसन्धानमा ५६ जना नक्कली नङ लगाउने नर्स र ५६ जना प्राकृतिक रुपमा नै लामा नङ पालेका नर्सको हातका नमूना लिइयो । परीक्षणमा सक्कलीभन्दा नक्कली नङमुनि बढी ब्याक्टेरिया वृद्धि भइरहेको पाइयो । यसको कारण थियो, नक्कली नङयुक्त हातको सफाइ राम्रोसँग गर्न सकिँदैन ।

साथै, नक्कली नङ भएका नर्सहरूले आफ्ना हातका कीटाणू बिरामीलाई सारिरहेका थिए । सन् २००० र २००२ मा गरिएका परीक्षणबाट पनि यस्तै परिणाम आए, जसमा नक्कली नङबाट हुने हानीबारे सचेत गराइएको थियो ।

नक्कली नङका तुलनामा पालिस लगाएका प्राकृतिक नङमुनि ब्याक्टेरिया थोरै हुने अनुसन्धानहरूले देखाएका छन् । तर, नङमा लगाएको पालिसमा पर्ने चिरामा भने ब्याक्टेरियाको बास हुनसक्छ । सन् १९९३ मा अमेरिकी राज्य बाल्टिमोरस्थित जोन हप्किन्स इन्स्टिच्युटमा भएको एउटा अनुसन्धानले यस्तो परिणाम देखाएको थियो ।

यी अनुसन्धानबाट के प्रस्ट हुन्छ भने स्वस्थ रहन लामो नङ नपाल्नु र सफा राख्नु अत्यन्त आवश्यक छ । यसो गरे हात पूर्णतया कीटाणूमुक्त नभए पनि निकै न्यून हुन्छ । भर्खर पालिस लगाएको नङमुनि थोरै कीटाणू हुन्छन् । तर चार–पाँच दिन वा त्यसभन्दा अघि पालिस लगाएको नङमुनि भने कीटाणूको संख्यामा वृद्धि भइहाल्छ ।

बर्सेनि विश्वभर करिब ३० लाख मानिसको मृत्यु डाइरियाबाट हुने गरेको छ । सरसफाइ विज्ञहरूका अनुसार हात राम्ररी धुने हो भने तीमध्ये १० लाखको जीवन बचाउन सकिन्छ । र, हामीले आफ्ना नङ नपाल्ने र हात सफा राखे अझै धेरै जीवन बचाउन सकिन्छ । धेरै मानिसको नङ टोक्ने बानी हुन्छ । नङ कीटाणूको भण्डार भन्ने थाहा पाइसकेपछि अझै नङ टोक्नु हुन्छ ?

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका