नेपाली खोज
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • उपप्रधानमन्त्री पोख्रेलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली

उपप्रधानमन्त्री पोख्रेलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली

  • Govinda
  • बिहिबार, अशोज २९, २०७७
उपप्रधानमन्त्री पोख्रेलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली

काठमाडौँ, २९ असोज: उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नुभएको छ ।

यसअघि रक्षामन्त्री रहनुभएका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्रीलाई सघाउन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्नुहुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको कार्यभार आफैँले सम्हाल्नुभएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका