नेपाली खोज
आइतवार, कार्तिक ९, २०७७
  • होमपेज
  • महामारीको प्रकोप बढ्दै गएकाले दाङका तीन सरकारी कार्यालय बन्द

महामारीको प्रकोप बढ्दै गएकाले दाङका तीन सरकारी कार्यालय बन्द

महामारीको प्रकोप बढ्दै गएकाले दाङका तीन सरकारी कार्यालय बन्द

घोराही, २५ असोज: कोभिड महामारीको प्रकोप बढ्दै गएकाले दाङका तीन सरकारी कार्यालय बन्द भएका छन् । बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय छन् ।  दाङ देउखुरी जिल्ला अदालतले यही असोज २६देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको छ ।

अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम स्थगन गरिएको छ । अब दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने बताइएको छ । जिल्ला प्रशासन कार्यालय दाङले पनि आज सूचना जारी गर्दै यही असोज ३० गतेसम्मका लागि कार्यालय बन्द गरिएको जनाएको छ ।

कार्यालयका प्रसासकीय अधिकृत अम्मरराज शर्माले प्रशासनमा कार्यरत एक कर्मचारीलाई कोरोना पोजोटिभ देखिएको र थप अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा पाँच दिनका लागि कार्यालय बन्द गरिएको जानकारी दिनुभयो । यस्तै दाङ जिल्ला नापी तथा मालपोत कार्यालय पनि यही असोज २२ देखि २८गतेसम्मका लागि बन्द गरिएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका