नेपाली खोज
आइतवार, कार्तिक ९, २०७७
  • होमपेज
  • छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

सर्लाही, २५ असोज: आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ । आफ्नी १३ वर्षीाय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जन्म कैदको फैसला गरेको हो ।

छोरीलाई पटक–पटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो । बलात्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा स्वीकारेका उनलार्ई जन्म कैदको फैसला गरिएको जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीले बताउनुभयो । अदालतले जन्मकैदको फैसलासहित रु ५० हजार जरिवाना तोकेको छ ।

आरोपित उनी आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत थिए । उद्योगमा श्रीमती, छोरा र छोरीसहित मजदूरी गर्दै आएका उनले छोरीलाई पटक–पटक बलात्कार गरेको अदालतमा बयान दिएको जनाइएको छ ।

हाडनाता करणी गरेका उनको नेपालभर कतै पनि कुनै सम्पत्ति नभएका कारण सरकारी राज्य कोषबाट (पीडित राहतकोष) बाट रु ५० हजार क्षतिपूर्ति भराउने अदालतको फैसला छ । पीडितबाट भरण पोषणको व्यवस्था हुने गरी फैसला आउने भए पनि उनको नेपालभरी कतै कुनै सम्पत्ति नदेखिएका कारण राज्यकोषबाट नगद दिलाउने फैसला भएको अदालतले जनाएको छ ।

दुई बिघा १० कठ्ठाको गाँजा नष्ट
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दुई बिघा १० कठ्ठा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको छ । लालबन्दी नगरपालिका–१४ नारायण खोला, मटरदोभान, सत्रकठ्ठा, माईथान, हात्तिसुडेलगायतका स्थानमा लगाइएको सो परिमाणको गाँजा प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।(रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका