नेपाली खोज
शुक्रबार, कार्तिक १४, २०७७
  • होमपेज
  • भक्तपुर गेष्ट हाउसमा प्रहरीको छापा, सञ्चालकसहित सात महिला पक्राउ

भक्तपुर गेष्ट हाउसमा प्रहरीको छापा, सञ्चालकसहित सात महिला पक्राउ

  • Govinda
  • आइतवार, अशोज २५, २०७७
भक्तपुर गेष्ट हाउसमा प्रहरीको छापा, सञ्चालकसहित सात महिला पक्राउ

भक्तपुर, २५ असोज – महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । यहाँको ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको हो ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेष्ट हाउसमा छापा मारी सात महिला लगायतलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

यसैबीच शनिबार नै चिया पसलमा दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा रु एक लाख नौ हजार ३०० सहित चार जनालाई पक्राउ गरेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका