नेपाली खोज
शनिबार, अशोज १०, २०७७
  • होमपेज
  • तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना

तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना

तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना

तुलसीपुर, २७ भदौ: दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा तुलसीपुरका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा न. ८ स्थित भिमसेन नगर शहरी प्रवद्र्धन केन्द्र, वडा नं ३ स्थित प्रतापकोट वडा स्वास्थ्य केन्द्र, वडा नं १९ छिल्लीकोट सामुदायिक स्वास्थ्य चौकी, वडा नं ६ स्थित गोलौरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको छ ।

तीमध्ये कर्मचारी, स्वास्थ्यकर्मीसहित कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति रहेका छन् । जम्मा ८९ जनाको स्वाब परीक्षण गर्दा वडा नं ६ का छ, वडा नं १८ का चार, वडा न. २, ८ र १६, मा २÷२ जना तथा वडा नं ३,४, ५, १५, १७ र १८ मा एक÷एक जनामा कोरोना सङक्रमण पुष्टि भएको हो । योसँगै तुलसीपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या १४१ पुगेको छ । सोमध्ये ८७ डिस्चार्ज भएका छन् । अब जिल्लामा सङक्रमितको संख्या ८७३ छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका