नेपाली खोज
आइतवार, अशोज ११, २०७७
  • होमपेज
  • हाइटेन्शन लाइनबाट करेन्ट लागेर युवकको मृत्यु

हाइटेन्शन लाइनबाट करेन्ट लागेर युवकको मृत्यु

  • शुक्रबार, भदौ १९, २०७७
हाइटेन्शन लाइनबाट करेन्ट लागेर युवकको मृत्यु

काठमाडौँ, १९ भदौः चन्द्रागिरि नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिका–१४ नैकापस्थित वडा कार्यालयको नजिक निर्माणाधीन युवा क्लबको भवनमा हाइटेन्शन लाइनबाट करेन्ट लागेर २७ वर्षीय सुरेन्द्र महर्जनको आज बिहान मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले करेन्ट लागेर गम्भीर घाइते महर्जनको उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलङ्कीमा मृत्यु भएको जानकारी दिनुभयो । लाइनमुनि क्लबको भवन बनाइएको थियो ।

स्थानीयवासीले नगरपालिकाको असहमति भएपछि भवन निर्माण रोक्न पहल नगरेर दुर्घटना भएको भन्दै १४ वडाका अध्यक्ष रामहरि बस्नेतको घरमा ढुङ्गामुडा गरेका थिए । उक्त ढुङ्गामुडाबाट अध्यक्ष बस्नेतको घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका