नेपाली खोज
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • यो पढेपछि तपाइले केरा कहिलै भुल्नुहुने छैन…

यो पढेपछि तपाइले केरा कहिलै भुल्नुहुने छैन…

  • बिहिबार, भदौ ११, २०७७
यो पढेपछि तपाइले केरा कहिलै भुल्नुहुने छैन…

काठमाडौं । केरा निकै मिठो तथा गुणकारी फल हो । फलफूलहरु मध्य धेरैनै विक्री हुने फल हो केरा ।अरु फलफुलहरुका तुलनामा केरा सस्तो भएपनि यो स्वास्थ्यका लागि उपयोगी हुन्छ । नियमित केरा खानाले शरीर तन्दरुस्त बन्नुका साथ साथै सुगर कम गर्न मद्दत पुर्‍याउँछ। करामा थाइमिन, नियासिन तथा फोलिक एसिडको रूपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । यसमा फाइबर र तीन प्रकारका शुगर हुन्छ – सुक्रोज, फ्रुक्टोज र ग्लूकोज।

केराका केहि फाइदाहरु यसप्रकार छन्

केरा नियमित रुपमा खानाले ब्लडसुगरलाई नियन्त्रण गर्दछ । अल्सरका बिरामीले पनि केरा खाँदा फाइदा पुग्छ । यसले मुटुरोगीलाई फाइदा गर्दछ । हरेक दिन दुई कोसा केरा खानाले मुटुको समस्या कम हुन्छ । गर्भावस्थामा महिलालाई सबैभन्दा बढी भिटामिन ‘ओ’ मिनरल्सको आवश्यकता पर्दछ । यस अवस्थामा केरा खानु उपयुक्त हुन्छ ।

केरा वृद्धवृद्धाका लागि पनि फलदायी हुन्छ, किनभने यो सजिलै पच्छ । यसमा भिटामिन बी, बी–६ र फाइबर हुन्छ, जुन उमेर
ढल्केका मानिसलाई चाहिन्छ । उनीहरूको पेटको विकारलाई हटाउन पनि सहयोग गर्दछ । तौल बढाउन लागि पनि केरा उपयोगी हुन्छ ।
यसमा ट्राइप्टोफान नामक एसिड पाइन्छ, जसले दिमागलाई सधैँ फ्रेस राख्न मद्दत गर्छ ।

केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले
अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ । यदि तपाइँलाइ कब्जियत छ भने तपाइँलाइ केराले निकै फाइदा पुर्याउँछ । दिनमा दुइवटा केरा खनुस र हेर्नुस । केरामा हुने फाइबरका कारण यो समस्याबाट मुक्ति मिल्दछ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका